मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अन्य’ पहिचानको नागरिकता लिन यस्तो सास्ती



काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्यो ।

सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग महलमा ‘अन्य’ गराउनका लागि सिफारिस माग गरेका थिए। वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका आलेलाई ‘अन्य’ पहिचानमा नागरिकता दिनुको सट्टा जिल्ला प्रहरी कार्यालय चैत २२ गते सर्जमिन मुचुल्का गर्न पत्र पठायो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रशासन कार्यालयलाई चैत २८ गते स्थलगत सर्जमिन मुचुल्का पठायो। वर्ष २०८० को अन्तिम दिन आले नागरिकता लिन सबै कागजातसहित प्रशासन कार्यालय पुगे। तर, प्रशासनले नागरिकता दिएन।

अन्यमा नागरिकता जारी गर्न नागरिकता ऐनमा संशोधन भैसकेको छ। देशभरबाट १५ सय भन्दा बढीले नागरिकता महलमा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिएका छन्। वडा कार्यालयको सिफारिस अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अन्यको नागरिकता लिन थालेको एक दशक नाघिसकेको छ।

चिकित्सकको प्रमाणपत्र माग गर्ने जिल्ला प्रशासन कार्यालयविरुद्ध तेस्रोलिङ्गी आनिक रानाले २०७३ मा सुनिलबाबु पन्तसँग सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन। २०६९ पुस १६ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार ‘अन्य’ मा नागरिकता लिन जाँदा चिकित्सकको प्रमाणपत्र माग गरेपछि आनिक सर्वोच्च अदालत पुगेकी थिइन।

सर्वोच्चले २०७३ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको माग अनुसार लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन चिकित्सकको प्रमाणपत्र नखोज्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १ : ३८ बजे