मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा



काठमाडौं । जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर ओलाफ स्कोल्ज आइतबार चीन भ्रमणमा पुगेका छन् ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार स्कोल्ज आइतबार बिहान मन्त्री तथा व्यापारिक फर्म, कम्पनी र सङ्घसंस्थाका कार्यकारी प्रमुख सम्मिलित ठूलो प्रतिनिधिमण्डलसहित चोङकिङ महानगरमा पुगेका हुन् ।

पश्चिमा राष्ट्रहरूले बेइजिङमाथि दबाब बढाइरहेका बेला निर्यातका दृष्टिकोणबाट युरोपको विशाल अर्थतन्त्रले विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट छुट्टिनुपर्ने आह्वानलाई अस्वीकार गर्ने र बेइजिङसँग व्यापार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्ने अपेक्षा गरिएको छ । तर, चीनप्रतिको उनको मित्रतापूर्ण पहलले उद्योगहरूका लागि बेइजिङको भारी अनुदानको विरोध गर्दै आएका वासिङ्टन र युरोपेली सङ्घ ९ईयू०का साझेदारहरूबीच आक्रोश पैदा गर्ने जोखिम रहेको छ ।

“चीन जर्मनीका लागि वास्तवमै महत्वपूर्ण आर्थिक साझेदार रहेको छ”, स्कोल्जले शुक्रबार पत्रकारहरूलाई भने, उनले चीनमा जर्मन कम्पनीहरूको लागि चीनमा समान व्यवसायिक अवसरको खोजीको प्रयास गर्नेछन् ।

भूराजनीतिक मोर्चामा, स्कोल्जले आफ्नो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उनका रूसी समकक्षी भ्लादिमिर पुटिनलाई लगाम लगाउन र युक्रेनमा रूस युद्धको अन्त्य गर्न मद्दत गर्न आफ्नो प्रभाव प्रयोग गर्न पनि दवाव दिने अनुमान गरिएको छ ।

“चीन र रूसबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै बेइजिङले रूसमाथि आफ्नो प्रभाव पार्न सक्ने सम्भावना छ,” बर्लिनस्थित जर्मन सरकारी स्रोतले बताएको छ ।

चोङकिङ, साङ्घाई र बेइजिङको तीन दिने भ्रमणमा पुगेका जर्मन चान्सलर स्कोल्जको चान्सलरका रूपमा यो दोस्रो चीन भ्रमण हो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ०१ बजे