मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’



काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल डे परेडको आयोजना गरिएको छ ।

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दिक्षा बस्नेतले जानकारी दिइन । सानफ्रान्सिस्को शहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।

परेडमा क्यालिफÞोर्नियाको संघसंस्थाहरु आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोशाक र नेपाली झण्डामा उपस्थित सयौं नेपालीहरुले नेपालको पर्यटन प्रवद्र्धन हुनेगरी सामग्रीहरु प्रदर्शन गरेका थिए । परेडले नेपाली समुदाय र क्यालिफÞोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ११ बजे