मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा



काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपल्ट नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । उनी पर्सि मङ्गलबार दुईदिने भ्रमणमा आउन लागेका हुन् ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

आजदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बङ्गलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ ।

काठमाडौंमा रहँदा नेपाल र कतारवीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ३२ बजे