मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगी,दुई जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ–६ हात्तीगौंडा बस्ने दमक–५ का ३८ वर्षीय विजय भण्डारी छन् । उजुरी आएपछि उनलाई राजधानीको बबरमहलबाट पक्राउ गरिएको हो ।

यस्तै क्रोएसिया पठाइदिने भन्दै तीन जनालाई ठगेको आरोपमा पक्राउ पर्नेमा चाबहिल बस्ने धनकुटाको साँगुरीगढी–५ का ५२ वर्षीय कुलबहादुर लिम्बू छन् । दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बिहीबार जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : ३७ बजे