मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य निरन्तर ओरालो, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ११ : १८ बजे