मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ०८ बजे