सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति ?



काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलेआज तेजाबी सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  ११ : १३ बजे