सुनचाँदीको मूल्य स्थिर,कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : ४१ बजे