नेशनल लाईफको “नेशनल रत्न अवार्ड” कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।बुढानिलकण्ठको होटल लेमन ट्रि प्रिमियरमा कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल करिब ३५ जना अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले सम्मान गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो ।

कार्यक्रम प्रमुख कार्यकारी अधिकृत खत्रिले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ३१ बजे