सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा लगातार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै कारोवार भएको थियो । त्यसअघि शुक्रबार सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यचाहिँ केही घटेको छ ।सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : २४ बजे