काठमाडौं ।आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सोमबारका दिन नक्साल स्थित आम्रपाली ब्या·केटमा सम्पन्न भएको छ ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷०८० बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको हो ।
सभाले आ.व. २०८०÷०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत पारित गरेको र आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल२६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।
सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालककोपदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ।
बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु ५,००,००,००,०००÷– (अक्षरेपी पाँचअर्व मात्र) कायम हुने भईहाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोल ेकम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
कम्पनीको मिति २०८०÷०९÷०४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकलेसञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागिसंस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष२०७९÷०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले कम्पनीकोप्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहकसेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।
सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाबर सहयोग गर्ने शेयरधनी महानुभावहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंकतथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरे ।