सुनको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिया बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८२० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार  ११ : ४३ बजे