काठमाडौँ । स्थानिया बजारमा सुन र चाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











