मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार ३ गते बक्र ईद, सरकारले दियो सार्वजनिक बिदा



काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईदको अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने भएको छ।

शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

“मिति २०८०/१०र२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : ३० बजे