काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्नेछ ।
बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनसिलता, शेयरधनि महानुभावहरु, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।
‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैंक लिमिडेट सम्मानितसन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।
युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन ।अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको ब् रेटिङ इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई ृक्ष्ऋच्ब्ल्ए–क्ष्च्े ब् प्रदान गरेको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।
ग्लोबल आइएमई बैंकलाई “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो
ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।
बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।











