काठमाण्डौ । कुमारी बैंकका ग्राहकहरुले (एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि) फिल्लीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट पाउने भएका छन् ।
कुमारी बैंक र (एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि) फिल्ली काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न गर्नेछन् ।
यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई बलियो पार्न सहयोग गर्नेमा बैंक विश्वस्त रहेको कुमारी बैंकले जनाएको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।














