सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ ।सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार १३, २०८१ बिहीबार  ११ : १७ बजे