प्रमोद र सुष्माको स्वरमा नयाँ तिज गित सार्बजनिक



काठमाडौँ। पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी,प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक तीज गित ूतिते करेलीमा अमिलो ट्वाक्कू भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गीतमा शब्द तथा संगीत प्रमोद भुषालको रहेको छ। ुद म्युजिक ईराु स्टुडियोमा रेकर्डिङ गरिएको र कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको हुकलाइन लेक कुमारी भुषालको रहेको छ।

प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियोमा नारायणी खत्री,संचिता बोलाखे,उमाराज थापा,सुस्मा बीसी फिचर्ड छन्। डान्सिङ्ग नम्बरको गीतको भिडियो प्रमोद भुषालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यस अघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत “गठबन्धन” सार्वजनिक गरिसकेकी छिन् भने एकपछि अर्को तिज गित सार्वजानिक गर्ने क्रममा छिन्।

यसपालिको तीजमा यो गीतले राम्रै दर्शक श्रोता पाउने निर्माण टिमको आशा रहेको छ।

प्रकाशित मिति : श्रावण २, २०८१ बुधबार  ४ : २५ बजे