काठमाडौं । लगातार उच्च अंकले बढेको धितोपत्र दोस्रो बजारमा सोमबार करेक्सन देखिएको छ । दिनभरिको उतारचढावका बीच बजार अन्तिम एक मिनेटमा दुई अंकले बढेर बन्द भयो ।
यस दिन नेप्से परिसूचक २।१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो । बढेको बजारमा नाफा बुक गर्नेहरू सक्रिय हुँदा बजारमा दिनभरि नै उतारचढाव देखियो ।
कारोबार रकममा भने कमी देखिएको छ । सोमबार १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ३२ करोड रुपैयाँले कम भएको हो ।
११५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।











