काठमाडौं । साइबेरियास्थित एउटा दुर्गम फार्ममा एक व्यक्तिले एडाको हातमा एउटा चक्कु थमाइदियो। उनीहरूका अगाडि एउटा सुँगुर थियो।
“त्यो काटेर फालिदेऊ,” उक्त व्यक्तिले भन्यो, “आफ्नो शल्यक्रिया गर्न मन छ भने तिमीलाई वन्ध्याकरण भनेको के हो थाहा हुनुपर्छ।”
एडा त्यतिखेर २३ वर्षकी थिइन्, उनी पारलैङ्गिक पनि थिइन्। उनले परिवारमा आफ्नो पहिचान खुलाएपछि छलपूर्वक उनलाई कन्भर्जन थेरपी सेन्टरु पठाइएको थियो। ृआफ्नै लिङ्गका मानिससँग आकर्षित हुने व्यक्तिहरूको उपचारू गर्ने विधिलाई कन्भर्जन थेरपीु भनिन्छ।
उनका अनुसार यो सन् २०२१ को गर्मी यामतिरको कुरा हो। उनलाई एक आफन्तले नोभोसिबिर्स्कमा आफ्नो मुटुको जटिल शल्यक्रिया हुन लागेकाले सँगै जान आग्रह गरेकी थिइन्।
एडाका अनुसार उनीहरूले विमानस्थलमा एक व्यक्तिलाई भेटे। लामो यात्रा गरेपछि उनीहरू चढेको कार अचानक रोकियो र एडाकी आफन्त गाडीबाट बाहिर कुदिन्। गाडी कुदाइरहेको व्यक्तिले एडातर्फ फर्किएर उनको फोन र स्मार्टवाच आफूलाई दिन भन्यो। त्यसपछि उसले ठूलो स्वरमा भन्यो, अब हामी तिम्रो यौनविकृतिको उपचार गर्ने छौँ। बीबीसि बाट














