खुकुरी देखाई लुटपाट गर्ने पक्राउ



काठमाडौं । खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नागर्जुन नगरपालिका–७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा तीन जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई पक्राउ गरेको हो ।

उनको साथबाट सुनको औठी ४ थान, सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट २ थान, कानमा लगाउने सुनको रिङ २ थान, सुनको सिक्रीको टुक्रा १ थान, चाँदीको ब्रासलेट १ थान, खुकुरी २ थान र नगद १३ हजार ४ सय रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ

प्रहरीले तनहुँ, आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० क्याप्सुल सहित ब्यास नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका–६ पुरानो साराङघाटबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ९० ग्राम सहित देवघाट गाउँपालिका–३ फिदिम स्वाँरा बस्ने २२ वर्षीय पोमराज गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : २३ बजे