एक शताब्दीपछि दक्षिण कोरियामा फर्किएका परिवारले न्यानो स्वागत पाइरहेका छैनन्



काठमाडौं । तस्बिरको क्याप्शन,कोरियाली मूलकी याना सन् २०१७ मा उज्बेकिस्तानबाट दक्षिण कोरिया सरेकी हुन्। यसरी फर्किने धेरैले कोरियाली भाषा राम्ररी नबोल्ने भएकाले उनका साथीहरूका लागि अनुवाद गरिदिनुपर्छ

“यदि मैले रुसी भाषामा अनुवाद गरिनँ भने अरू साथीहरूले पाठ केही पनि बुझ्दैनन्,” दक्षिण कोरियाको राजधानी सोल नजिकैको आसन सहरमा रहेको तुन्पो इलिमेन्टरी स्कुलकी ११ वर्षीया छात्रा किम यानाले भनिन्।

उनको कक्षामा रहेका २२ जना साथीमा सबैजसोले रूसी भाषा बोल्छन् र उनीहरू कोरियाली भाषा राम्ररी बोल्न सक्दैनन्। कक्षामा सबैभन्दा राम्ररी कोरियाली भाषा बोल्न सक्ने भनेको यानाले नै हो।

यो कक्षामा रहेका करिब ८०५ बालबालिकाहरूलाई ूबहुसाँस्कृतिक विद्यार्थीू भनिएको छ। त्यसको अर्थ उनीहरू विदेशी नागरिक हुन् वा उनीहरूका एक अभिभावक कोरियाली नागरिक होइनन् भन्ने हो।

“यकिन सङ्ख्या पाउन कठिन छ किनभने आमाबुवाहरूको फरक राष्ट्रियता छ र फरक हैसियतमा उनीहरू दक्षिण कोरियामा बसिरहेका छन्,” शैक्षिक मामिला हेरिरहेका एक वरिष्ठ शिक्षक चु डे(यलले भने।

“तर धेरैजसो बहुसाँस्कृतिक विद्यार्थीहरू कोर्योइन भएको ठानिन्छ। बीबीसि बाट

प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार  ११ : १५ बजे