सुनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार  ११ : ३५ बजे