२१ साउन, काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा २८ करोड मात्रै थियो ।
खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १९ प्रतिशतले बढेको छ । आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २० पैसा छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ३ पैसा छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७।३१ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ।
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ।











