ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले देश पनि छोडेकी छन् ।
देश छोड्दा साथमा बहिनी शेख रेहाना पनि छन् । तर, कहाँ गइन समाचारमा खुलाइएको छैन ।बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ ।
तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।














