ढाका । बंगलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनले पदबाट राजीनामा दिएका छन्।
बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले आफ्नो राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिए।
आसिफ नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताए।
आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश ओबाइदुल हसन र पुनरावेदन महाशाखाका न्यायाधीशहरूलाई दिउँसो एक बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका छन्।
बीबीसी दक्षिण एसिया संवाददाता समिरा हुसेनले शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आएका बताइन्। उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो।
यसै क्रममा आरक्षण विरोधी आन्दोलनका आयोजक आसिफ महमूदले मुख्य न्यायाधीशलाई फासीवादी भन्दै पूर्ण अदालतको बैठक रोक्न र राजीनामा माग्ने अल्टिमेटम दिएका छन्।
बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ। हिन्द अबी सन्दार्थी जनता पनि जान्छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि चर्को विरोधका कारण देश छाड्न बाध्य भएकी छन्।














