सुनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिया बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार  १२ : ५५ बजे