फिल्ममा तीन खानलाई निर्देशन गर्ने कंगनाको इच्छा



काठमाडौँ– बलिउड अभिनेत्री कंगना रनौतले सलमान खान, शाहरुख खान र आमिर खानलाई आफ्नो फिल्ममा निर्देशन गर्ने चाहना भएको बताएकी छन्।

कंगनाले यी तीन खानको ‘प्रतिभाशाली पक्ष’ अहिलेसम्म नखोजिएको भन्दै उनीहरूलाई फिल्ममा निर्देशन गर्ने इच्छा भएको बताएकी हुन्।

कंगनाको आगामी फिल्म ‘इमर्जेन्सी’ को ट्रेलर बुधबार सार्वजनिक भएको थियो। फिल्मलाई कंगना उनी स्वयम्‌ले निर्देशन गरेकी हुन्।

उनी यस फिल्ममा अभिनय पनि गर्दैछिन्। फिल्म प्रोमोसनको दौरानमा उनले नयाँ खुलासा गर्दै भनिन्, ‘म तीन खानसँग मिलेर फिल्म निर्माण र निर्देशन गर्न चाहन्छु। उक्त फिल्ममार्फत् म उहाँहरूको प्रतिभा देखाउन चाहन्छु।’

हुन त कंगनाले धेरै पटक शाहरुख र आमिर खानको आलोचना समेत गरेकी थिइन्।

कंगना ‘इमर्जेन्सी’मा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन्। कंगनासँगै फिल्ममा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयश तलपदे र स्वर्गीय सतीश कौशिक पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  १० : ४२ बजे