सिन्धुली । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९: २२ बजे कमलामाई नगरपालिका वडा(४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो।
बा २० च ८२८३ नम्बरको गाडी गोलन्जरबाट सदरमुकाम गइरहेको अवस्थामा तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमा पल्टिएको हो।
सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर हुन्।
दुर्घटनामा परी घाइते भएका ११ मध्ये तीन जना गम्भीर छन्।
घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।










