काठमाडौं । गाजामा इजरेलले बस्ती बसाएका ठाउँका दर्जनौँ मानिसहरूले इजरेली नियन्त्रणमा रहेको वेस्ट ब्याङ्कमा स्थानीयका घर र कारहरूमा आगजनी गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घटनामा एक जना मारिएको प्यालेस्टाइनले बताएको छ। इजरेलले बस्ती बसाएका ठाउँका मानिसहरूले नब्लुस सहर नजिकैको जिट गाउँमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको इजरेली डिफेन्स फोर्सले जनाएको छ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले २० वर्ष आसपासका एक जना स्थानीयको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जनाएको छ।
इजरेली सेनाले क्षतिको विवरण अध्ययन भइरहेको बताएको छ। बीबीसि बाट














