चीनबाट भागेर अमेरिका गएका एक व्यक्तिमाथि चीनकै लागि जासुसी गरेको आरोप



काठमाडौं । संयुक्त राज्य अमेरिकामा अभियोजनकर्ताहरूले चिनियाँ मूलका एक व्यक्तिविरुद्ध चीनका लागि गुप्तचरी गरेको आरोप लगाउँदै मुद्दा हालेका छन्। उनी अङ्गीकृत अमेरिकी नागरिक हुन्।

सतसट्ठी वर्षीय युआन्जुन ताङलाई बुधवार न्यूयोर्क सिटीमा पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ।

युआन्जुनविरुद्ध उनी चिनियाँ जासुसी निकायको गुप्तचर भएको र उनले अमेरिकामा बस्ने चिनियाँ प्रजातान्त्रिक अभियानकर्मी तथा असन्तुष्ट व्यक्तिहरूबारे गुप्त सूचना सङ्कलन गर्ने अभियोग लगाइएको छ।बीबीसि बाट

प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार  १२ : २२ बजे