भारतमा नेपाली सवार बस दुर्घटना,३० जना भन्दा बढी घाइते



काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार  १२ : ५६ बजे