गायिका पुजन काफ्लेको स्वर, शब्द र संगीतमा सार्बजनिक भएको तीज गीत ‘हे आमा भन्न मिलेन’ बोलको गीतले पछिल्ले समय राम्रै चर्चा बटुलि रहेको छ ।युट्युबमा गीत र भिडियोले पाइरहेको दर्शकको प्रतिक्रिया हेर्दा गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाईमा पर्ने विश्वास गर्न सकिन्छ ।
गीत र भिडियोले दर्शकको राम्रो प्रतिक्रिया आईरहेको गायिका काफ्लेले बताइन् ।
गीतमा सञ्जिब बराइलीको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ ।
प्रविण थापा निर्देशित भिडियोमा गीतमा पूजन स्वयम् फिचर्ड छिन् भने स्मारिका ढकाल, संस्कृति भुजेल, एलिजा काफ्ले, मैया काफ्ले, चिना मोक्तान, कजी कोइराला, सरिता उप्रेती, सुनिता उप्रेती, रिता उप्रेती, एलिना काफ्ले, एञ्जल काफ्ले, तारा निरौला, मुना निरौला, तुलसा निरौला, रोश्न निरौला, रञ्जना निरौला र विमला बुढाथोकी फिचर्ड छन् ।
भिडियोमा प्रविणकै कोरियोगाफी, सरोज शाही एण्ड टिमको छायांकन, निराजन केसीको सम्पादन र कलर छ । भिडियोका निर्माता यज्ञबहादुर काफ्ले र मैया काफ्ले हुन् ।
पुजनले यसअघि एक आधुनिक र एक तीज गीत बजारमा ल्याइसकेकी छन् ।














