काठमाडौं । नेपालको एनआईसी एसिया बैंकले बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड पाएको छ । एनआईसी एसिया बैंकले इण्डियन चेम्बर अफ कमर्सको ‘दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड’ अन्तर्गतको ‘बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड’प्राप्त गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
२०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा विमस्टेक अन्तर्गत नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका राष्ट्रका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एसिया बैंकले पनि अवार्ड प्राप्त गर्न सफल भएको हो ।
अवार्ड पाउँदा डिजिटल बैंकिङ्गको क्षेत्रमा अझ बढी काम गर्ने उत्पे्ररणा जागेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसी एसिया बैंकले जनाएको छ ।











