युक्रेनमा रुसद्वारा भीषण हवाई हमला, निसानामा विद्युत् केन्द्रहरू



काठमाडौं । रुसले युक्रेनमा दोस्रो दिन पनि शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका प्रमुखका अनुसार अहिलेको हमला रुसी सेनाले अहिलेसम्म युक्रेनमा गरेको सबैभन्दा भीषणमध्ये एक हो।

रुसले युक्रेनका आधाभन्दा बढी क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। रुसी आक्रमणबाट ऊर्जा उत्पादन गर्ने पूर्वाधारहरूमा क्षति पुगेको छ।

आक्रमणमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

युक्रेनी वायुसेनाका प्रमुख मिकोला ओलेश्चुकले मस्कोले प्रहार गरेका १२७ मध्ये १०० वटा क्षेप्यास्त्र र उत्तिकै परिमाणमा ड्रोनहरूलाई खसालिएको दाबी गरेका छन्। बीबीसि बाट

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  १ : ५७ बजे