राजदूत पण्डितले संसदीय समितिमा पेश गरे कार्ययोजना



काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गरेका छन् । आजको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् ।

पण्डितले आफू अनुमोदित भएर राजदूत भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले युवाहरुलाई विशिष्ट तालिम तथा प्रशिक्षणको अवसर सिर्जना गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि मनपर्दो गन्तव्य इजरायल रहेको उल्लेख गर्दै सुधारको काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : ५० बजे