काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकार र एमाले कायकर्ताले आफ्नो समाजिक सञ्जालमा पोष्ट भएको सामाग्री उडाएको आरोप लगाएका छन् । यसअघि एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषयमा सामाजिक सञ्जाल फेसबुकमा राखेको पोष्ट बालेनले आफै हटाएको समाचारहरु सार्बजनिक भएका थिए ।
त्यसको प्रतिक्रियामा बालेनले मंगलबार फेसबुकमा अर्को स्टाटस लेख्दै सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा फोस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका हन् ।
मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटाउनुको सट्टा दोषीलाई पक्राउ गर्न सुझाव दिएका छन् । साथै दोषी भए आफूलाई पक्राउ गर्न उनले आग्रह गरेका छन् ।
शाहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता नलिने बरु आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’