सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । स्थानिया बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार  ११ : ११ बजे