सूनको मूल्यमा नयाँ रेकड, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्यले फेरि नयाँ रेकड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो । यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि आज १५ रुपैयाँ बढेको छ । चाँदी आज १७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  ११ : ५४ बजे