सूनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं ।स्थानिया बजारमा बिहीबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ११ : ३५ बजे