दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा



काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि आफूले उक्त पदबाट राजीनामा दिने बताएका छन्।

मदिरा विक्री सम्बन्धी एउटा नीतिका कारण अनियमितता भएको आरोपमा जेलबाट धरौटीमा रिहा भएको दुई दिनपछि पार्टी कार्यालयमा सम्बोधन गर्दा उनले यस्तो घोषणा गरेका हुन्।

उनले आम आद्‌मी पार्टीको मुख्यालयमा भने, “म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिन गइरहेको छु र जनताले आफ्नो फैसला नसुनाउन्जेलसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिन।”

केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने उल्लेख गर्दै घर घरमा जाने र जनताले आफू इमानदार भएको फैसला नदिउन्जेल कुर्सीमा नबस्ने बताए।

केजरीवालले के भनेरु
दिल्लीले ल्याएको मदिरा सम्बन्धी एउटा नीतिका कारण अनियमितता भएको आरोपमा जेलबाट धरौटीमा रिहा भएको दुई दिनपछि पार्टी कार्यालयमा सम्बोधन गर्दा उनले यस्तो घोषणा गरेका हुन्।

शुक्रवार भारतको सर्वोच्च अदालतले केजरीवाललाई रिहा गर्ने आदेश दिँदै उनलाई सार्वजनिक टिप्पणीहरू नगर्न निर्देशन दिएको थियो।

भारतमा नरेन्द्र मोदीको पार्टीले बहुमत गुमाउनुको अर्थ के हो
हिन्दू राष्ट्रवादले भारतीय राजनीतिमा कसरी वर्चस्व बनायो
अदालतले उनलाई कार्यालयमा उपस्थित नहुन वा कुनै पनि कागजपत्रमा हस्ताक्षर नगर्न भनेको छ।

उनले भनेका छन्, “म जनताको बीचमा जानेछु। गल्ली गल्लीमा जानेछु, घर घरमा जानेछु र जबसम्म जनताले केजरीवाल इमानदार हो भनेर फैसला सुनाउँदैनन् तबसम्म म पदमा बस्दिन।”

उनले आफ्नो सरकारमा उपमुख्यमन्त्री रहेका मनीष सिसोडियाले पनि नागरिकले आफ्ना फैसला सुनाएपछि मात्रै पद सम्हाल्ने बताए।

केजरीवालले दिल्लीको विधानसभा निर्वाचन फेब्रुएरी महिनाको सट्टा नोभेम्बरमा गराउन पनि माग गरेका छन्।

उनले नयाँ निर्वाचन नभएसम्म अन्य कुनै नेता दिल्लीको मुख्यमन्त्री रहने बताए। उनका अनुसार दुई दिनपछि बस्ने आम आद्‌मी पार्टीको संसदीय दलको बैठकले नयाँ मुख्यमन्त्रीको नाम तय गर्ने छ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ७ : ४८ बजे