सहकारी ठगी प्रकरणको प्रतिवेदन सरकारसमक्ष पठाउन सभामुख घिमिरेको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।

सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।

उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको पनि जानकारी गराए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या पाइएको पनि उनले सुनाए ।

समितिका तर्फबाट सभापति थापाले पेस गरेको प्रतिवेदन कार्यान्वयनका निम्ति सरकारसमक्ष पठाउन सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार  ३ : ४० बजे