काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ ।
यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो ।
एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।
गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । प्रोग्रेसिभ फाइनान्सको ८.५, रिलायन्स फाइनान्सको ८.४, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.३ प्रतिशत मूल्य घट्यो ।











