काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार (हिजो)को तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














