काठमाडौं । स्थानिया बजारमा सुनको मूल्य ३०० रुपैयाँ घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।














