गैडाकोटमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न



काठमाडौं। कुमारी बैंकले नवलपरासिको गैडाकोटमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।बैंकले युसएडसँगको साझेदारीमा सञ्चालन गरिरहेको “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान अन्तर्गत गैडाकोटमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको हो ।

अभियान अन्तर्गतका प्रशिक्षण कार्यक्रमले वित्तिय ज्ञान, सिप र उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले जनाएको छ ।

बैंकले यस अभियान अन्तर्गत सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार  ७ : ३० बजे