काठमाडौ । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी एक करोड पचहत्तर लाख हस्तान्तरण गरेको छ । प्रभु ग्रुपका अध्यक्ष एबं सांसद देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपीे शर्मा ओलीलाई एक करोड पचहत्तर लाखको चेक हस्तान्तरण गरेका हुन् ।
असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदबाट पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुग्ने अपेक्षा लिएको प्रभु ग्रुपले जनाएको छ ।
प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग रकम हस्तान्तरण गरिएको प्रभु ग्रुपले जनाएको छ ।
साथै प्रभु ग्रुपले बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।











