दशैंभरि सिप्रदीका चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर दशैंमा पनि खुल्ने



काठमाडौं । सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीका फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुबिधाको घोषणा गरेको छ । चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीका फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुबिधा सुरु गरेको सिप्रदीले जनाएको छ ।

साथै टाटा मोटर्सले आफ्ना देश भरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने पनि जानकारी गराएको छ। आकस्मिक सेवाको लागि बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

ग्राहकहरु बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकने पनि सिप्रदीले जनाएको छ ।

सिप्रदीको नेपालभरि १८५ं चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।

प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार  ७ : ३३ बजे