यस्तो छ बुधबारको फलफूल तथा तरकारीको मूल्य



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज १०३ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोलभेडा ठूलो १४०,लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।

रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १०० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।


आज हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४२० रुपैयाँ रहेको छ । फूजी स्याउ २६० रुपैयाँ कायम भएको छ । केराको मूल्य १५० पुगेको छ । अनारको मूल्य ३८० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार  ९ : ४३ बजे